तमु समाज यूकेद्वारा लन्डनमा भव्य ल्होछार



लन्डन- तमु समाज यूकेले गुरुङ समुदायको महान पर्व ल्होछार/ल्होसार (नयाँ वर्ष) यस वर्ष पनि भव्य, सभ्य तथा ऐतिहासिक रूपमा मनाएको छ।
संस्थाले ३ जनवरी २०२६ का दिन लन्डन ह्यारोस्थित हयारो लिजर सेन्टरमा विशेष कार्यक्रम आयोजना गरी सप्री ल्हो (सर्प वर्ग) को बिदाइ तथा त ल्हो (घोडा वर्ग) को स्वागतस्वरूप ल्होछार उत्सव मनाएको हो।
कार्यक्रममा प्रमुख अतिथि ब्रेन्ट काउन्सिलका मेयर काउन्सिलर रायन ह्यक, तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घले तथा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।
उत्सवमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन (रि.) डेमबहादुर गुरुङ, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन, लन्डन बरो अफ होनस्लोका पूर्व मेयर काउन्सिलर विष्णुबहादुर गुरुङ, रोयल बरो अफ ग्रीनवीचका पूर्व मेयर काउन्सिलर जित रानाभाट, लन्डन बरो अफ ब्रेन्टका पूर्व मेयर तथा काउन्सिलर वरलेन ह्यालटेन, लन्डन बरो अफ बार्नेटका काउन्सिलर कमल गुरुङ, गैरआवासीय नेपाली संघ यूके अध्यक्ष राजेन्द्र पुडासैनी, तमु धीं यूकेका पूर्व अध्यक्ष हितकाजी गुरुङ, पत्रकार महासंघ यूकेकी अध्यक्ष विमला सेने, गैरआवासीय नेपाली संघ यूकेका महासचिव जुरेन्द्र खाजुम लिम्बु लगायत बेलायतस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
त्यसैगरी तमु समाज यूकेका पूर्व अध्यक्षहरू अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ र शिवकुमार गुरुङ, सल्लाहकारहरू, आमा समूहकी अध्यक्ष विमला गुरुङ तथा पूर्व अध्यक्ष माया गुरुङ, युवा समूहका अध्यक्ष प्रज्वलमान गुरुङ, निवर्तमान अध्यक्ष ओमकार गुरुङ, साथै गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन गुरुङ र नेपाली लिंकका पत्रकार नवीन पोखरेल लगायत सञ्चारकर्मीहरूको पनि सक्रिय सहभागिता थियो।
कार्यक्रम तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेको अध्यक्षता, उपाध्यक्ष केदारबहादुर गुरुङ संयोजन तथा सल्लाहकार धरमबल गुरुङको सक्रिय भूमिकामा सभ्य र व्यवस्थित रूपमा सम्पन्न भयो।
कार्यक्रम सञ्चालन महासचिव सुब घले, कार्यक्रम उद्घोषन निरज गुरुङ र सन्तोषी गुरुङले गरेका थिए। उपाध्यक्ष केदारबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव सुब घलेले स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी गराएका थिए।

कार्यक्रममा तमु समाज यूकेको तर्फबाट निर्माण गरिएको गीत तथा म्यूजिक भिडियोले २०८२ साल पुस १० गते काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्डमा सर्वोत्कृष्ट गीतसहित पाँच प्रमुख विधामा ऐतिहासिक सफलता हासिल गरेको अवसरमा कलाकार तथा सर्जकहरूलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेहरूमा गीतकार सूर्य गुरुङ, गायक आर.के. गुरुङ, गायिका अनिता गुरुङ तथा निर्देशक सरु गुरुङ राना थिए। साथै गीतको परिकल्पनाकार संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र भिडियो निर्माणमा कुशल नेतृत्व प्रदान गर्ने निवर्तमान अध्यक्ष शिवकुमार गुरुङलाई विशेष कदरपत्र प्रदान गरिएको थियो।
समाजकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, प्रमुख अतिथि मेयर रायन ह्यक तथा आमा समूहकी अध्यक्ष बिमला गुरुङद्वारा खादा, फेटा र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
समाजको गीतले ऐतिहासिक सफलता हासिल गरेको उपलक्ष्यमा तमु समाज यूकेको तर्फबाट अध्यक्षलाई बधाई तथा प्रशंसापत्र, नेपालबाट प्राप्त सम्मानपत्र र ट्रफी प्रदान गरिएको थियो।
यसै अवसरमा तमु समाज यूकेको दीर्घकालीन सेवा र योगदानको कदर गर्दै पूर्व कोषाध्यक्ष याम बहादुर गुरुङ र निवर्तमान कोषाध्यक्ष खेम बहादुर गुरुङलाई तमु समाज यूके विशिष्ट समाज सेवा सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड–२०२६) प्रदान गरिएको थियो।
सम्मानित व्यक्तिहरूसँगै उनीहरूका जीवनसाथीलाई पनि दोसल्ला र पुष्पगुच्छासहित सम्मान गरिएको थियो।
कार्यक्रममा नेपालबाट आमन्त्रित तमु छोजा धीं गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष तथा विदेश विभाग प्रमुख मनोज गुरुङलाई तमु समाज यूकेद्वारा स्वागत तथा सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो।
प्रत्युत्तरस्वरूप उनले तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद्को तर्फबाट समाजकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेलाई मायाको चिनो प्रदान गरे।
मन्तव्यका क्रममा उनले तमु समाज यूकेले बेलायत र नेपालमा गरेका सामाजिक, शैक्षिक तथा सांस्कृतिक कार्यहरूको प्रशंसा गर्दै भविष्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी तमु समाज यूकेका सल्लाहकार बाबुराम गुरुङ तथा राज कुमारी गुरुङका सुपुत्र–बुहारी सल्लाहकार खेम बहादुर गुरुङ र भद्र गुरुङकी सुपुत्री–ज्वाइँ बेलायती सेनामा क्याप्टेन पदमा पदोन्नति भएका दिप नर्सिङ गुरुङ र उनकी धर्मपत्नी रोजिना गुरुङलाई फेटा, खादा, दोसल्ला र पुष्पगुच्छा सहित बधाई तथा सम्मान गरिएको थियो। उता, मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुनले तमु समाज यूके अध्यक्षलाई मायाको चिनो प्रदान गरेका थिए
सांस्कृतिक सत्रमा नेपालबाट आमन्त्रित कलाकार चिज गुरुङ र निर्जला गुरुङलाई अध्यक्ष, संस्थापक अध्यक्ष तथा आमा समूहकी अध्यक्षद्वारा स्वागत तथा सम्मान गरिएको थियो। अतिथि कलाकारहरूको विशेष सांगीतिक तथा नृत्य प्रस्तुतिले दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्यो।
तमु समाज यूके युवा समूहकी सचिव सुमी गुरुङको कोरियोग्राफीमा तयार पारिएका नृत्य अतिथि कलाकारहरुको प्रस्तुतिले कार्यक्रम थप आकर्षक बनाएको थियो।

कार्यक्रमको अन्त्यमा डिजे प्रज्वलमान गुरुङ र विशाल मोक्तानको धमाकेदार प्रस्तुतिले माहोललाई उत्साहपूर्ण बनाएको थियो।
यस वर्ष पहिलोपटक गुरुङ भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘वेष्ट गुरुङ पहिरन’ प्रतियोगिता आयोजना गरिएको थियो। निर्णायकको निर्णयअनुसार महिलातर्फ निर्मला गुरुङ र पुरुष तर्फ रूपक कुमार गुरुङ उत्कृष्ट घोषित भई कप, नगद पुरस्कार तथा सम्मान प्राप्त गरे ।
साथै ‘राफल ड्र’ मार्फत तीन जनाले आकर्षक पुरस्कार जितेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लन्डन बरो अफ ब्रेन्टका मेयर काउन्सिलर रायन ह्यकले भने, ‘तपाईंहरूको समुदायले यस देशको विकास र सुरक्षामा पुर्याएको योगदान अतुलनीय छ। ऐतिहासिक गोरखा रेजिमेन्टमार्फत वीरताको गाथा कोर्नेदेखि लिएर, राष्ट्रिय स्वास्थ्य सेवा र अन्य सार्वजनिक सेवाहरूमा तपाईंहरूले दिनुभएको सेवाप्रति हामी सधैं ऋणी छौँ।’
उनले आजको स्वतन्त्रताका लागि लड्ने वीर योद्धाहरूको स्मरण गर्दै उनीहरूप्रति उच्च सम्मान समेत व्यक्त गरे।
आफ्नो हालैको लन्डन भ्रमण स्मरण गर्दै मेयर ह्यकले ‘लेडी मेयर शो’ मा तमु समाज यूकेको झण्डा सानका साथ फहरिएको देख्दा आफूलाई अत्यन्त गर्व महसुस भएको पनि बताए । “त्यो दृश्य तपाईंहरूको पहिचान र यो देशमा तपाईंहरूको बलियो उपस्थितिको एउटा शक्तिशाली प्रतीक थियो,” उनले भने।
मेयर ह्यकले तमु समुदायलाई आफ्नो पुर्ख्यौली विरासत र परम्परामा गर्व गर्न आग्रह गर्दै ल्होसार केवल एउटा चाड मात्र नभई जीवन्त संस्कृति र समुदायले समाजमा भरेको रौनकताको उत्सव भएको टिप्पणी गरे। मन्तव्यको अन्त्यमा उनले तमु समुदायका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष र ल्होसारको सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रम समापन गर्दै अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले ल्होछारको अवसरमा सम्पूर्णलाई शुभकामना दिँदै प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधि, कार्यसमिति, आमा समूह, युवा समूह, पत्रकार बन्दुहरु, प्रायोजक तथा स्वयंसेवकहरू प्रति हार्दिक धन्यवाद व्यक्त गरिन्।
साथै ल्होछार कार्यक्रमका प्रायोजकहरू, राफल ड्रका पुरस्कारदाता तथा मुख्य प्रायोजक जिटी बास इन्टरटेनमेन्टका सञ्चालकहरुप्रति विशेष आभार व्यक्त गरिन्।
कार्यक्रम साँझ ४:३० बजे सुरु भई राति ११:४५ बजेसम्म चलेको थियो। खानपान व्यवस्थापन दरबार रेस्टुरेन्टका प्रोप्राइटर धनबहादुर गुरुङले गरेका थिए भने फोटोग्राफी ओमकार गुरुङ र भिडियोग्राफी बिशन गुरुङले गरेका थिए।
-शिवकुमार गुरुङ






सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



