लन्डनमा सोंपाल समाज यूकेको ल्होछार



लन्डन । सोंपाल समाज यूकेले गत शनिबार एक कार्यक्रमबीच त ल्होछार मनाएको छ । ३ जनवरीका दिन लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा कार्यक्रम भएको हो ।
समाजका अध्यक्ष जगदीश गुरुङको अध्यक्षता र सचिव नवराज गुरुङको संयोजकत्वमा ल्होछार धुमधामसंग मनाइयो ।
कार्यक्रममा प्रमुख अतिथि थिए समाजक ज्येष्ठ सदस्य दलबहादुर गुरुङ । तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ र आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ विशिष्ट अतिथिका रुपमा सहभागी थिए ।
समाजका अध्यक्ष जगदीश गुरुङ, प्रमुख अतिथी दल बहादुर गुरुङ, विशेष अतिथी तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, आमा अध्यक्ष श्रीमती मनदेवी गुरुङ, संस्थापक अध्यक्ष विजय गुरुङ, संस्थापक आमा अध्यक्ष श्रीमती नइन्द्र गुरुङ र ज्येष्ठ ज्वाईं इन्द्रबहादुर गुरुङले सामूहिक रूपमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
औपचारिक कार्यक्रम सञ्चालन समाजका महासचिव क्या. रिटायर्ड मोहन गुरुङले गरेका थिए । कार्यक्रम प्रारम्भमा ल्होछार संयोजक सचिव नवराज गुरुङले संस्था र कार्यक्रमबारे अवगत गराएका थिए । अर्का सचिव चन्द्रबहादुर गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ ब्रीफ गरे । संस्थाका प्रथम उपाध्यक्ष भरत गुरुङको स्वागत मन्तब्य दिएका थिए ।
औपचारिक समारोहमा आमा अध्यक्ष श्रीमती मनदेवी गुरुङ, संस्थापक अध्यक्ष विजयबहादुर गुरुङ लगायतले ल्होछार शुभकामना दिएका थिए । संस्थापक अध्यक्ष गुरुङले गीत समेत गाएर माहोल तताएका थिए । त्यसपछि आमा समूहले भजन गाएको थियो ।
दोश्रो सत्रमा सांस्कृतिक कार्यक्रम भएको थियो । सांस्कृतिक सहसचिव दीपा गुरुङ र योद्वा गुरुङको सुन्दर नृत्यबाट सांगीतिक कार्यक्रम प्रारम्भ गरिएको थियो ।
सो क्रममा नेपालबाट आएका राष्ट्रिय कलाकार अर्जुन कौशलले विविध गायनमार्फत दर्शक नचाए ।
सन्तोषी गुरुङको एकल नृत्यसहित दीपा र योद्धा, खुष्मा र विजय जोडीको उत्कृष्ट नाचमा माहोल निकै तातेको थियो । जेनी गुरुङ, सिम्रिक गुरुङ, मोना गुरुङ, सुजन गुरुङ र जय गुरुङले समेत उत्कृष्ट नृत्य प्रस्तुत गरे ।

कार्यक्रममा समाजलाई विशेष योगदान दिएवापत प्रशंसापत्र र अभिनन्दनपत्रले सम्मान गरियो । सो अवसरमा संस्थापक आमा अध्यक्ष श्रीमती नइन्द्र गुरुङलाई उनको योगदानको उच्च मूल्यांकन गर्दै अभिनन्दन पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा इन्द्रावती गुरुङ र गत अक्टोबर २५ मा समाजको च्यारिटी डिनर कार्यक्रममा प्रशंसनीय कार्य गरेकामा सो को कदर गर्दै उपाध्यक्ष भरत गुरुङलाई प्रशंसापत्रले सम्मान गरियो । त्यसै गरी ल्होछार कार्यक्रममा पेयपदार्थ प्रयोजन गरेका ले. रिटायर्ड भिमबहादुर गुरुङ तथा सेतीमाया गुरुङलाई पनि विशेष प्रशंसापत्र प्रदान गरिएको थियो ।
सो क्रममा समाजका विभिन्न क्षेत्रमा उपलब्धि पाउने बालबालिकालाई र ल्हो आउनेलाई खादा लगाई स्यै श्याई गरिएको थियो ।
अन्त्यमा, गुरुङ पहिरनमा सजिएर आएका बालबालिका तथा उपस्थित सदस्यमध्येबाट उत्कृष्ट ४ जनाले नगद पुरस्कार जितेका थिए । कार्यक्रममा खेलाइएको राफल ड्रमा प्रथम पुरष्कार सुनको चन्द्रमा भूपू आमा अध्यक्ष श्रीमती माया गुरुङले जितिन् ।
शब्द/तस्विर–प्रकाश कंडेल



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



