मंगलबार, ३० डिसेम्बर, २०२५
19:42 | ०१:२७

बुद्धिष्ट गुम्बा रेडिङमा विशेष पूजाका साथ रिन्पोछेको मूर्ति उद्घाटन

नेपाली लिङ्क डिसेम्बर ३०, २०२५

लन्डन- गुरू रिन्पोछे दशमीको पुण्य तिथी तथा तमु ल्होछारको अवसरमा बेलायतको रेडिङस्थित बुद्धिष्ट गुम्बामा विशेष धार्मिक कार्यक्रम सम्पन्न भएको छ।

टुल्कु रिन्पोछे ल्हासे रिन्पोछे, तेन्जिन शोकटुल रिन्पोछेसहितका ७ गुरुहरूको सहभागितामा विधिवत रूपमा पूजा सम्पन्न गरी गुम्बा परिसरमा गुरू रिन्पोछेको मूर्ति स्थानान्तरण तथा उद्घाटन गरिएको हो।

सर्प वर्गको बिदाइ र घोडा वर्गको आगमनको अवसर पारेर विभिन्न स्थानबाट आएका भक्तजनहरूको सहभागितामा पूजा पाठ, नडं काटेर चढाउने, भोजन दान, वाडं लगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भए। उक्त अवसरमा सात जना धर्मगुरूहरूबाट ल्होछारको विशेष पूजा गरिएको थियो ।

महासचिव कमल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यवाहक अध्यक्ष कृष्ण गुरुङले स्वागत तथा धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ र संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, तमु समाज यूके अध्यक्ष विन्दु गुरुङ, सहारा यूके अध्यक्ष शारदा गुरुङलगायत थुप्रै विशिष्ट व्यक्तित्व तथा भक्तजनहरूको उल्लेख्य उपस्थिति थियो।

सो अवसरमा बुद्धिष्ट गुम्बा रेडिङको आमा समूहको सक्रियतामा प्रसादका रूपमा खाजा तथा खाना निःशुल्क वितरण गरिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू