लन्डन दूतावासले १७ जनवरीमा अल्डरसटमा कन्सुलर घुम्ती शिविर गर्ने


लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले विशेष गरी ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूलाई लक्षित गर्दै नेपालीहरुको वाहुल्यता रहेको अल्डरसटमा एकदिने राहदानी तथा कन्सुलर घुम्ती शिविर गर्ने भएको छ।
उक्त शिविर आगामी १७ जनवरी शनिबार अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा सञ्चालन हुने दूतावासद्वारा जारी सूचनामा उल्लेख छ ।
शिविर बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। शिविरमा विद्युतीय राहदानी नवीकरण, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, पर्यटक भिसा, एकतर्फी यात्रा अनुमतिपत्र र गैरआवासीय नेपाली परिचय पत्र (एनआरएन आइडी) सम्बन्धी सेवा उपलब्ध गराइने दूतावासले जनाएको छ ।
राहदानी नवीकरण गर्न चाहने सेवाग्राहीले राहदानी विभागको अनलाइन पोर्टलमा फारम अनिवार्य भरि त्यसको एकप्रति प्रिन्ट साथमा लिएर आउनुपर्नेछ। दूतावासले १६ जनवरी २०२७ सम्म राहदानीको म्याद भएकाहरूले मात्र शिविरबाट नवीकरण गर्न सक्ने स्पष्ट पारेको छ।
शिविर प्रभावकारी बनाउन ग्रेटर रसमोर नेपाली कम्युनिटी र शिव कल्चरल सेन्टरका प्रतिनिधिहरूले समन्वय गरेका छन्।
टाढा यात्रा गर्न असमर्थ नेपालीहरूका लागि यो शिविर एउटा सुनौलो अवसर हुने अपेक्षा गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५




