बुधबार, १७ डिसेम्बर, २०२५
09:53 | १५:३८

सन् २०२५ बेलायतको इतिहासमै सबैभन्दा घमाइलो वर्ष

नेपाली लिङ्क डिसेम्बर १७, २०२५


लन्डन । सन् २०२५ बेलायतको इतिहासकै सबै भन्दा घमाइलो वर्ष सावित भएको छ ।

सन् १९१० देखि तथ्यांक राख्न सुरु गरेयता सन् २०२५ सबैभन्दा घमाइलो वर्ष भएको पुष्टि बेलायतको मौसम विभाग, मेट अफिसले पुष्टि गरेको छ।

यो वर्ष सकिन अझै दुई हप्ता बाँकी रहँदा देशभर १ हजार ६ सय २२ घण्टा घाम लागेको रेकर्ड कायम भएको छ, जसले सन् २००३ मा बनेको अघिल्लो कीर्तिमान तोडेको हो। यस वर्ष फेब्रुअरी र अक्टोबर महिना बाहेक सबै महिनामा औसतभन्दा बढी घाम लागेको मेट अफिसले जनाएको छ।

विशेषगरी वसन्त ऋतु अत्यन्तै उल्लेखनीय रहँदै इतिहासकै सबैभन्दा घमाइलो र तातो बनेको छ भने पछिल्ला ५० वर्षयताकै सबैभन्दा सुख्खा पनि यही वसन्त ऋतु भएको हो।

क्षेत्रगत रूपमा हेर्दा, इङ्ग्ल्यान्डले सबैभन्दा घमाइलो वर्षको नयाँ रेकर्ड बनाएको छ। सन् २०२५मा स्कटल्यान्ड दोस्रो सबैभन्दा घमाइलो वर्ष बनेको छ भने वेल्स छैटौँ स्थानमा परेको छ।

उत्तरी आयरल्याण्डमा भने घाम औसतभन्दा बढी भए पनि हालसम्म घमाइलो वर्षको सूचीको शीर्ष १० मा समेत परेको छैन। सबैभन्दा धेरै घाम पूर्वी इङ्ग्ल्यान्ड र उत्तरी स्कटल्यान्डका क्षेत्रमा लागेको देखिएको छ।

मेट अफिसले हालका वर्षहरूमा घामको मात्रामा अत्यधिक उतार–चढाव देखिएको उल्लेख गर्दै सन् २०२४ सबैभन्दा कम घाम लागेको वर्ष र त्यसको ठीक पछि सन् २०२५ सबैभन्दा घामिलो वर्ष बन्नु उल्लेखनीय भएको बताएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू