सोमबार, १५ डिसेम्बर, २०२५
13:53 | १९:३८

बेक्सली नेपाली समाजमा क्रिसमस डिनरसंगै सल्लाहकार स्वागत र टीम बिल्डिङ इभेन्ट

नेपाली लिङ्क डिसेम्बर १५, २०२५


लन्डन- साउथ इष्ट लन्डनस्थित बेक्सली नेपाली समाजले क्रिसमसको संघारमा कार्यसमिति, ट्रष्टी तथा सल्लाहकारहरुको एक अन्तरक्रियात्मक जमघट गरेको छ।

आइतबार साँझ बेस क्याम्प बेक्सलीहिथमा क्रिसमस डिनरको साथमा नवनियुक्त सल्लाहकारहरुको स्वागत र टिम बिल्डिङ इभेन्ट गरिएको हो ।

समाजकी अध्यक्ष विजिता गौतम र महासचिव उमेश गौतमले सन् २०२५-२७ कार्यकालका लागि मनोनित सल्लाहकारहरुलाई प्रमाणपत्रसहित स्वागत गरेका थिए ।

अध्यक्ष विजिता गौतमले समाजका सबै क्षेत्र र समूहलाई प्रतिनिधित्व गराएर सल्लाहकारहरु मनोनित गरिएको बताउँदै उनीहरुको रचनात्मक सल्लाह र मार्गदर्शन अपेक्षा गरिएको बताइन् ।

त्यसअघि समाजका ट्रष्टी दिपेन सिटौला, सदस्य सागर वाग्ले तथा सल्लाहकार बाला प्रसाईंको संयोजनमा खेलाइएको क्रिसमस क्वीज र म्युजिकल प्रतिस्पर्धा सहभागीहरुले निकै इन्जोइ गरेका थिए।

प्रतिस्पर्धामा विजयी भएका समूहलाई विभिन्न पुरस्कार समेत वितरण गरिएको थियो । साथै, राफल ड्रमा भाग्यमानी बन्नेहरु पनि पुरस्कृत भएका थिए ।

समाजका महासचिव उमेश गौतमले कार्यसमिति, ट्रष्टी एवम् सल्लाहकारहरुबीच अन्तरक्रिया गराउने र सशक्त टीम बिल्डिङ गर्ने लक्ष्य राखेर हरेक वर्ष क्रिसमसका अवसरमा यो इभेन्ट आयोजना हुंदै आएको बताए।

कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु विजय गुरुङ र आनन्द धरेल, कार्यसमितिका पदाधिकारीहरु, ट्रष्टीहरु एवं सल्लाहकारहरुलगायतको उपस्थिति थियो।

यसबैबीच, कार्यक्रमअघि सोही स्थानमा बसेको कार्यसमितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

यही डिसेम्बर २१ तारिख आइतबार बिहान १० देखि १२ बजेसम्म बिएनसी फिटनेस, फेमिली जुम्बा तथा योगा कक्षाको उद्घाटन तथा दिउंसो २ देखि ५ बजेसम्म ‘बिएनसी युथ डे’ सञ्चालन हुने भएको छ ।

बैठकमा विविध सांस्कृतिक र मनोरञ्जनत्मक प्रस्तुतिसहित आगामी जनवरी २४ मा मनाइने ल्होछार कार्यक्रमको तयारी र बिएनसी लाइब्रेरीमा नेपाली पुस्तकबारे अपडेटलगायतका विषयमा पनि छलफल गरिएको महासचिव गौतमले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू