मंगलबार, ९ डिसेम्बर, २०२५
15:59 | २१:४४

रास्वपा यूकेबाट समानुपातिक उम्मेदवारमा सिफारिश भए रमेश बेल्वासे

नेपाली लिङ्क डिसेम्बर ९, २०२५

लन्डन- राष्ट्रिय स्वतन्त्र पार्टीको बेलायत शाखाले फागुन २१ मा आसन्न आम निर्वाचनका लागि समानुपातिकतर्फ बेलायतबाट एक उम्मेदवार सिफारिश गरेको छ ।

रास्वपनिकट प्रवास नेपाली सम्पर्क विभाग बेलायतले खुला आवेदन र छनोटको सम्पूर्ण प्रक्रिया पूरा गरी युवा सामाजिक अभियन्ता रमेश बेल्वासेलाई सिफारिश गरिएको जनाएको छ ।

विभागका महासचिव कृष्ण लुईंटेलले मंगलबार एक वक्तव्य जारी गर्दै प्राप्त आवेदनहरुमा संलग्न उम्मेदवारहरुको विवरण, कागजात र अनुभवको मुल्यांकनपछि योग्यता, सक्रियता र संगठनात्मक योगदानका आधारमा छनोट भएका बेल्वासेको नाम केन्द्रीय कार्यालयमा सिफारिश गरिएको जनाए ।

विभागले यसअघि १० दिने म्याद दिएर बेलायतबाट इच्छुक उम्मेदवारको लागि खुला आवेदन गरेकोमा जम्मा ७ आवेदन प्राप्त भएको दावी गरिएको छ ।

उम्मेदवारमा सिफारिश भएका बेल्वासे रास्वपा यूके स्थापना कालदेखिकै सक्रिय अभियन्ता हुन् । उनले सदस्यता अभियान तथा विद्यार्थी हेल्पलाइन संयोजन गर्दै आएका छन् ।

दाङ घर भएका बेल्वासेले बेलायतबाट बीबीए तथा फाइनान्सियल मेनेजमेन्टमा मास्टर्स पूरा गरेका छन् ।

उनीसंग वित्त, बैकिंङ, नीति निर्माण तथा सामाजिक सहयोगका क्षेत्रमा अनुभव रहेको विभागले जनाएको छ।

सन् २०२३ मा बेलायत आउनुअघि बेल्वासेले इमिर्जिङ नेपाल नामक कम्पनीको सिइओको जिम्मेवारी सम्हालेका थिए ।

रास्वपा यूकेमा सहसचिवको जिम्मेवारीमा रहेका उनले बेलायतस्थित झण्डै आधा दर्जन संस्थाको सहकार्यमा सञ्चालित विद्यार्थी हेल्पलाइनको सक्रिय अगुवाइ गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू