काठमाडौँलाई हराउँदै एनपीएलमा सुदूरपश्चिमको विजयी सुरुवात



काठमाडौं । काठमाडौँ गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुवात गरेको हो।
दोस्रो सिजनको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा देखिएको काठमाडौँलाई दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो। सुदूरपश्चिमको जितमा हर्मित सिंहले अलराउण्ड प्रदर्शन गरे।
सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य पछ्याएको काठमाडौँ १६.५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा अलआउट भयो।
काठमाडौँको लागि ओपार आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए। यस्तै जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
सुदूरपश्चिमका लागि बलिङमा स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २-२ विकेट लिए। यस्तै इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एक/एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको थियो।
कमजोर सुरुआत गरेको सुदूरपश्चिमले ४ रन बनाउँदा ३ विकेट गुमाएको थियो। सुदूरपश्चिमले १६ औँ ओभरमा २१ र १७औँ ओभरमा २४ रन जोडेको थियो।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले। हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए।
बलिङमा काठमाडौँका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २-२ विकेट लिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



