मंगलबार, १८ नोभेम्बर, २०२५
09:57 | १५:४२

सडक दुर्घटनामा निधन भएका युविनको परिवारलाई एनआरएनए यूकेद्वारा सहयोग हस्तान्तरण

नेपाली लिङ्क नोभेम्बर १८, २०२५

लन्डन – बेलायतमा कार दुर्घटनामा ज्यान गुमाएका २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको परिवारलाई एनआरएनए यूकेले संकलित सहयोग रकम औपचारिक रुपमा हस्तान्तरण गरेको छ।

संघको कार्यालयमा संकलित £2,666.25 रकम युविनका बुबाआमा विकास तामाङ र शर्मिला मगर तामाङलाई बुझाइएको हो।

शव नेपाल पठाउने र अन्तिम संस्कारका खर्चमा सहयोग पुर्‍याउन समुदायले एकजुट भएर यो रकम संकलन गरेको थियो।

कार्यक्रममा एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल र महासचिव जुरेन्द्र खजुम उपस्थित थिए। उनीहरुले बेलायतमा रहेका नेपालीहरुद्वारा देखाइएको साथ र एकताप्रति आभार व्यक्त गरे।

उनीहरुको भनाइ थियो, “सबैको सानो-ठूलो सहयोगले परिवारलाई ठोस राहत पुगेको छ। यो समुदायको मानवीय भावनाको स्पष्ट उदाहरण हो।”

रकम ग्रहण गर्दै युविनका बुबाआमाले समुदाय र एनआरएनए यूकेको तर्फबाट प्राप्त साथ र माया प्रति गहिरो कृतज्ञता व्यक्त गरे। “कठिन घडीमा साथ दिएको सबैलाई हार्दिक धन्यवाद,” उनीहरुले भने।

एनआरएनए यूकेले घटनासंग सम्बन्धित कानूनी प्रक्रिया निष्पक्ष रुपमा अघि बढोस् भन्ने अपेक्षा व्यक्त गर्दै युविन तामाङको आत्माको शान्तिको कामना गरेको छ।

चर्चित बेलायती र्‍यापर गेट्सको कारले ठक्कर दिदा नेपाली विद्यार्थी युविनको इष्ट लन्डनको इल्फोर्डमा ज्यान गएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू