आइतबार, ७ डिसेम्बर, २०२५
07:23 | १३:०८

ग्लास्गोमा लन्डन दूतावासको घुम्ती सेवा, ८२ जनाले लिए लाभ

नेपाली लिङ्क नोभेम्बर ११, २०२५

ग्लास्गो- नेपाली दूतावास लन्डनले स्कटल्याण्डको ग्लास्गोमा घुम्ती कन्सुलर शिविर सञ्चालन गरेको छ।

दूतावासको आयोजना र एनआरएनए स्कटल्याण्डको विशेष पहलमा सोमबार ग्लासगोस्थित पशुपति मन्दिरमा घुम्ती कन्सुलर शिविर सम्पन्न भएको हो।

घुम्ती शिविरबाट स्थानीय नेपाली समुदायका जम्मा ८२ जना सदस्यहरूले विभिन्न सेवा प्राप्त गरेका छन् । घुम्ती डेस्कमार्फत् पासपोर्ट नवीकरण, पर्यटक भिसा, वारेशनामा लगायतका कागजी प्रक्रिया सम्बन्धी सेवा प्रदान गरिएको थियो।

उक्त अवसरमा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले एनआरएनए स्कटल्याण्डको सक्रिय पहल, समन्वय र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस प्रकारका घुम्ती कन्सुलर सेवाहरू निरन्तर संचालन गरिने प्रतिवद्धता व्यक्त गरे।

घुम्ती सेवाको लाभ लिन स्कटल्याण्डका एबरडिन, एडिनबर्ग, एअर, डन्डी लगायत स्कटल्याण्डका विभिन्न सहरबाट स्थानीय नेपालीहरु ग्लास्गो आइपुगेका थिए।

शिविरपश्चात् एनआरएनए स्कटल्याण्डका अध्यक्ष शेर केसीले दूतावासको सहयोग र सेवाको सराहना गर्दै यस्ता सेवा निरन्तर सञ्चालन गर्न अनुरोध गरे।

एनआरएनए स्कटल्याण्डका सचिव माधव भण्डारीले पनि दूतावास टिम र विशेष गरी कार्यवाहक राजदूत दुवाडीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता सेवाहरूलाई स्थायी रुपमा दूतावासको क्यालेण्डरमा समावेश गर्न अनुरोध गरे। उनले घुम्ती शिविर सफल पार्न सहयोग गर्ने राज्य समन्वय परिषदको सम्पूर्ण टीम, सलाहकार, सबै सहभागी र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै स्वयंसेवक, दूतावास टिम र सहभागीहरूप्रति एनआरएनए राज्य समन्वय समिति स्कटल्याण्डले आभार प्रकट गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू