शनिबार, ८ नोभेम्बर, २०२५
22:53 | ०४:३८

लन्डन लेडी मेयर्स शोमा नेपाल र तमु समुदायको गौरवपूर्ण प्रदर्शन

नेपाली लिङ्क नोभेम्बर ८, २०२५

लन्डन–तमु समाज यूकेले सिटी अफ लन्डनमा आयोजना भएको प्रतिष्ठित ‘लेडी मेयर्स शो’ मा ऐतिहासिक सहभागिता जनाएको छ । कार्यक्रम ८ नोभेम्बर शनिबार भएको हो ।

संस्थाकी अध्यक्ष श्रीमती बिन्दु गुरुङको नेतृत्वमा अन्य १० जना महिला प्रतिनिधिहरूले एसियाली समूहको तर्फबाट नेपालको झण्डा, संस्कृति र समुदायको पहिचान गर्वका साथ प्रस्तुत गरे।

यस अवसरमा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, उपाध्यक्षहरू भीम बहादुर गुरुङ, केदार बहादुर गुरुङ र कोषाध्यक्ष चन्द्रकान्ता गुरुङ लगायत पदाधिकारीहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साहमय बनाएको थियो ।

लन्डनकी ६९७औं तथा पहिलो ‘लेडी मेयर अफ लन्डन’ डेम सुसन ल्याङ्ली डिबीइको कार्यकाल आरम्भसँगै आयोजना गरिएको यो शोमा हजारौं दर्शक उपस्थित थिए।

तमु समाज यूकेको झाँकीले नेपालको झण्डा र तमु समुदायको सांस्कृतिक पहिचान प्रस्तुत गर्दा दर्शकहरूले जोश र उत्साहका साथ स्वागत गरे।

कार्यक्रमको अन्त्यमा अध्यक्ष श्रीमती बिन्दु गुरुङले सम्पूर्ण सहभागी र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै यो दिन तमु समाज यूकेको इतिहासमा गर्वको क्षणका रूपमा सदैव स्मरणीय रहिरहने बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू