राजदूत घिमिरे नेपाल फर्किने तयारीमा, प्रोफेसर पार्करसँगको सहकार्यप्रति कृतज्ञता


लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले आफू चांडै नेपाल फर्किन लागेको जानकारी दिएका छन्।
राजदूत घिमिरेले आफ्नो कार्यकालको अन्त्यमा लिभरपुल जोन मुर्स युनिभर्सिटीकी बेलायती प्राध्यापक सारा पार्करसँग आइतबार भएको भेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुरा सार्वजनिक गरेका हुन्।
साथै उनले विगतमा प्रोफेसर पार्करसँग भएका सहकार्य र साझेदारी योजनाप्रति कृतज्ञता व्यक्त गरेका छन्।
राजदूत घिमिरेले लेखेका छन्, ‘प्रोफेसर सारा पार्कर, लिभरपुल जोन मुर्स विश्वविद्यालय, बेलायतकी एक अनुभवी शिक्षाविद् हुन्, जसको अनुसन्धानको केन्द्र नेपालमा केन्द्रित छ। यसअघिका छलफलहरूमा तय गरिएका विभिन्न उद्देश्य र योजनाहरूलाई यहीं छोड्दै छु। नेपाल र नेपाली समाजको हितका लागि हामीले तय गरेका साझा समझदारी र सहकार्यप्रति म अत्यन्त प्रसन्न छु।’
उनले नेपाल र बेलायतबीचको शैक्षिक, अनुसन्धानात्मक र सामाजिक सहकार्यले भविष्यमा अझ सुदृढ सम्बन्ध निर्माण गर्न सहयोग पुर्याउने विश्वास पनि व्यक्त गरेका छन्।
नेपाल सरकारले हालै राजदूत घिमिरेलगायत अन्य विभिन्न देशका राजदूतलाई फिर्ता बोलाएको छ । बेलायतमा कार्यरत रहँदा उनले द्विपक्षीय सम्बन्ध सुदृढका साथै आर्थिक, शिक्षा, संस्कृति र विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न उल्लेखनीय भूमिका खेलेका थिए।
गत जनवरीदेखि बेलायतका २३औँ नेपाली राजदूतको रूपमा जिम्मेवारी सम्हालेका घिमिरे अब छिट्टै नेपाल फर्किने तयारीमा छन् ।
सामाजिक सञ्जालमा उनको उक्त पोष्टमा धेरैले प्रतिक्रिया जनाउँदै चिन्ता र शुभकामना व्यक्त गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५





