शनिबार, १८ अक्टोबर, २०२५
06:59 | ११:४४

बेलायती राजकुमार एन्ड्र्यूले त्यागे सबै शाही उपाधि र सम्मान

नेपाली लिङ्क अक्टोबर १८, २०२५

लन्डन । जेफ्री एपस्टिनसँगको सम्बन्ध र यौन दुर्व्यवहारको आरोपका कारण लामो समयदेखि विवादमा रहेका बेलायती राजकुमार एन्ड्र्यूले अन्ततः आफ्ना सबै शाही उपाधि र सम्मानहरू त्याग्ने घोषणा गरेका छन्।

एन्ड्र्यूले एक व्यक्तिगत विज्ञप्ति जारी गर्दै राजा चार्ल्स र परिवारसँगको छलफलपछि यो निर्णय लिएको बताएका छन्। उनले ड्यूक अफ योर्कसहितका सबै शाही पदवी, सैन्य सम्मान र संरक्षक भूमिकाबाट अलग हुने बताएका छन्।

विगत केही वर्षयता एपस्टिन प्रकरणमा नाम जोडिएपछि राजकुमार एन्ड्र्यूमाथि तीव्र आलोचना हुँदै आएको थियो। उनलाई शाही परिवारको सार्वजनिक भूमिकाबाट समेत पहिले नै हटाइएको थियो।

उनको यो कदमले बेलायती राजपरिवारलाई लागेको विवादको चाप केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू