मंगलबार, १४ अक्टोबर, २०२५
09:02 | १३:४७

कतारमाथि नेपालको ५ रनको रोमाञ्चक विजय

नेपाली लिङ्क अक्टोबर १४, २०२५

काठमाडौँ । नेपालले टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा सोमबार कतारमाथि ५ रनको रोमाञ्चक विजय हात पारेको छ।

हारको नजिक पुगेर नतिजा उल्टाएको नेपाल यस विजयपछि टी–२० विश्वकपको नजिक पुगेको हो।

ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा सन्दीप लामिछानेले ५ विकेट लिएपछि १ सय ४८ रनको लक्ष्य लिएर मैदान उत्रिएको कतार १९.५ ओभरमा १ सय ४२ रनमा अलआउट भयो।

सुपर लिगमा नेपालको यो लगातार दोस्रो विजय हो। नेपालले अघिल्लो दिन सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रनले पराजित गरेको थियो।

नेपाल र ओमानको समान ६ अंक छ। नेपाल र ओमान बुधबार खेल्दै छन्। यसले यी दुई टोलीको विश्वकपमा पुग्ने औपचारिकता निश्चित गर्नेछ। यूएई र जापानको २–२ अंक छ। नेपालले अन्तिम खेल सामोओसँग शुक्रबार खेल्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू