साझा नेपाली समाज यूकेमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, अधिवेशन नोभेम्बर ३ मा




अध्यक्ष दिपक सापकोटा
लन्डन- बेलायतको मिडल्याण्ड क्षेत्रमा बस्ने नेपाली समुदायको अग्रणी संस्था साझा नेपाली समाज यूकेको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु भएको छ।
समाजको आठौं अधिवेशन आगामी नोभेम्बर ३ तारिख वेस्ट उल्भरह्याम्टनमा हुने तय भएको छ।
निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद शर्माका अनुसार शुक्रबार नयाँ कार्यसमितिको लागि उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया उत्साहजनक रूपमा सम्पन्न भएको छ।
विधानले व्यवस्था गरेका केही पदेन पद बाहेक सबै पदका लागि प्रतिस्पर्धात्मक रूपमा मनोनयन दर्ता भएको संयोजक शर्माले बताए।
समाजका अध्यक्ष दिपक सापकोटाले समाजले पछिल्ला दुई वर्षमा मिडल्यान्ड क्षेत्रमा सशक्त उपस्थिति बनाउन सफल भएको बताए । उनले समाजले सबै सदस्यलाई समेट्दै समान अवसर र सहभागिताको वातावरण तयार गरेको जनाए।
दुई वर्षअघि संस्थामा चुनिएका युवा अध्यक्ष सापकोटाको सक्रिय र सबल नेतृत्वको कारण समाज गतिशील बनेको र प्रतिष्ठा बढेको ठानिएको छ।
महासचिव शशांक शर्माले अनुभवी र सक्रिय नेतृत्वको संयोजनले संस्था निरन्तर सशक्त बन्दै गएको बताए । उनले आगामी अधिवेशनलाई ऐतिहासिक बनाउन तयारी तीव्र गरिएको जनाए। सो अवसरमा बेलायतभरका सामाजिक अभियन्ता र अतिथिहरूलाई निम्त्याउने तयारी छ।
कार्यक्रममा नेपाली कला, संस्कृति र सामाजिक सहकार्यलाई प्रवर्द्धन गर्ने प्रस्तुतिहरु गरिने तयारी छ। महासचिव शर्माले ‘एक व्यक्ति, एक पद: एकता, भाइचारा र सामाजिक सहयोग’ को मूल नारा र भावनाअनुसार अधिवेशन सम्पन्न गरिनेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५