टी-२० विश्वकप छनोटमा २ अंकसहित नेपाल सुपर सिक्समा, जापान ५ विकेटले पराजित



काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा लगातार दोस्रो जित निकाल्दै नेपाल सुपर सिक्समा पुगेको छ। शुक्रबार भएको समूह ‘बी’ को अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गरी नेपाल समूह ‘बी’ को विजेता बन्दै नेपाल सुपर सिक्समा पुगेको हो।
जापानलाई हराएसँगै नेपालले सुपर सिक्समा २ अंक प्राप्त गरेको छ। जापान भने अंक विहीन रुपमा सुपर सिक्स खेल्नेछ।
नेपाल र जापान दुबै टोलीले कुवेतलाई पराजित गरे पनि कुवेत समूह चरणबाटै बाहिरिएकाले त्यो टोलीलाई जितेको अंक सुपर सिक्समा जोडिने छैन।
लगातार दोस्रो जितसँगै नेपाल समूह बी को समुह विजेता र जापान उपविजेता बन्दै सुपर सिक्समा पुगेका छन्।
समूह ‘ए’ बाट संयुक्त अरब एमिरेन्ट्स (युएई) र कतार सुपर सिक्समा पुगिसकेका छन्। समूह ‘सी’ बाट सुपर सिक्समा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ।
सुपर सिक्समा नेपालले जापानबाहेक समूह ‘ए’ र ‘सी’ बाट आएका चार टोलीसँग खेल्नेछ। सुपर सिक्सको शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकप खेल्नेछन्।
जापानले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ५ ओभरमा ३६ रनको साझेदारी गर्दै नेपाललाई सुरुवात दिलाएका थिए। कुशल २१ बलमा ३ चौका सहयोगमा २१ रन बनाउँदा क्याच आउट हुन पुगे।
आक्रामक ब्याटिङ गरेका अर्का ओपनर आशिफ शेख २१ बलमा १ चौका र ४ छक्का सहयोगमा ३८ रन बनाउँदा आठौँ ओभरको दोस्रो बलमा क्याच आउट नै हुन पुगे।
कप्तान रोहित पौडेल १८ रनमा एलबीडब्लु धरापमा परे। सन्दीप जोरा ५ रन बनाउँदा क्याच आउट भए। कुशल मल्ल ४ रन बनाउँदा कट एण्ड बोल्ड हुन पुगे।
गुल्सन झा २८ र दिपेन्द्र सिंह ऐरि १४ रनमा अविजित रहे। गुल्सनले १८ बलमा त्यसअघि ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३१ रनको योगफल तयार पारेको थियो।
एक समय १२.४ ओभरमा ९७–१ को बलियो अवस्थामा रहेको जापानले तेह्रौँ ओभरको पाचौँ बलमा विकेट गुमाएको थियो। नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान एक विकेट झारे।
जापानका लागि कप्तान केन्डेल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रनको योगदान दिए। उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। इसाम रहमानले ३१ रन बनाए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



