केही नयाँपनसहित श्रृजनशील लेष्टर नेपाल यूकेमा दशैंतिहार सांस्कृतिक कार्यक्रम



लेष्टर- श्रृजनशील लेष्टर नेपाल यूकेको आयोजनामा दशैंतिहार शुभकामना सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। सोमबार लेष्टर रेलवेम्यान्स पब, लेष्टर रोडमा संस्थाका अध्यक्ष शिव पराजुलीको अध्यक्षतामा विविध सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रम सम्पन्न भएको हो।
केही फरकपन दिइएको यस वर्षको कार्यक्रममा लोकदोहोरीसंगै पहिलोपटक आधुनिक र पप संगीतका राष्ट्रिय कलाकारले प्रस्तुति गरेका थिए।
संस्थाको नेतृत्वमा हालै चुनिएका युवा अध्यक्ष शिव पराजुलीको नेतृत्वमा कार्यक्रममा गरिएको परिवर्तन उपस्थित दर्शकले रुचाएका थिए।
सो अवसरमा नेपाली लोकदोहोरी गायिका सीता परियार र आधुनिक तथा पप गायक इसाक गजमेर र साम रोयले विशेष प्रस्तुति दिएका थिए। त्यस्तै, स्थानीय बाल कलाकार सिजल घिमिरे र अनिता थापाले नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाएका थिए।
त्यसअघि अध्यक्ष पराजुलीसहित निवर्तमान अध्यक्ष पुण्डरी अर्याल तथा पूर्व अध्यक्षहरू नारायण फुयाल, बलराम चापागाईं, पशुपति पोखरेल र दयानिधि सापकोटालगायतले दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए।
सो अवसरमा निवर्तमान अध्यक्ष तथा पूर्व अध्यक्षहरूको साथै गल्कोट समाज यूकेका अध्यक्ष विष्णु चालिसे र शान्ति नेपाली समाज यूकेका अध्यक्ष रामप्रसाद न्यौपानेलगायतले शुभकामना मन्तव्य दिएका थिए।
त्यस्तै, अन्य अतिथिहरू काभ्रे सोसाइटी यूकेका संस्थापक अध्यक्ष रविन्द्र शर्मा, नेप्लिज् शेफ एसोसिएसन यूकेका अध्यक्ष कोश्लेश्वर ढकाल, कोभेन्ट्री नेपाली लायन्स क्लबका अध्यक्ष गोविन्द सापकोटा, गुल्मी जिल्ला समाज यूकेका उपाध्यक्ष मुकुन्द खरेल, नटिङहम नेपाली समाजका उपाध्यक्ष लोकनाथ अधिकारी र महासचिव रेशम खड्का तथा सञ्चारकर्मी प्रकाश कंडेल र महेश्वर कार्की पनि सहभागी थिए।
सोही अवसरमा संस्थामा हालै मनोनित चार सल्लाहकार डा. मिलन ज्ञवाली, शिव गौतम, भानुभक्त घिमिरे र डा. विष्णु परियारलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, विधान संशोधन समितिका संयोजक दयानिधि सापकोटा र सदस्यहरू राजु कंडेल, पशुपति पोखरेल, प्रेम आले र शिवा पराजुलीलाई पनि सम्मान गरिएको थियो।
संस्थाका महासचिव वरुण भण्डारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष टिकाराम गौतम (लक्ष्मण) ले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रमका अतिथिहरूलाई सचिवद्वय माया खरेल र कृष्ण कंडेलले ब्याज वितरण गरेका थिए। कार्यक्रमको कोष व्यवस्थापन जिम्मेवारी कोषाध्यक्ष हरि महर्जन र सह-कोषाध्यक्ष रीता डोटेलले सम्हालेका थिए।
कार्यक्रममा दशैँ पर्वको महत्त्व र सांस्कृतिक पक्षलाई प्रस्तुत गर्न प्रोजेक्टर मार्फत प्रस्तुति देखाइएको थियो। साथै, कार्यक्रममा योगदान गर्ने व्यक्तिहरूको नाम पनि प्रदर्शन गरिएको थियो।
संस्थाका अध्यक्ष शिव पराजुलीले कार्यक्रमका सबै अतिथि, सहभागी तथा स्वयंसेवक र कार्यसमिति पदाधिकारी एवं सदस्यहरूलाई धन्यवाद दिंदै कार्यक्रमको औपचारिक समापन गरेका थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५