लन्डन आइन् नायिका उपासनासिंह ठकुरी



लन्डन । ‘खुस्मा’ बाट २०८२ सालको राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट अभिनेत्रीको उपाधि जितेकी नायिका उपासनासिंह ठकुरी लन्डन आइपुगेकी छन् । मिलन चाम्सले निर्देशन गर्न लागेको चलचित्र ‘सुम्निमा’ छायांकनका लागि अभिनेत्री ठकुरी आइतबार बेलुका लन्डन आइपुगेकी हुन् ।
उनलाई स्वागत गर्न निर्देशक मिलन चाम्सका साथै लन्डनवासी निर्देशक सनमकुमार बैराग एवं दोश्रो इन्फा अवार्डका प्रमुख संयोजक उमेशराज मोक्तान हिथ्रो विमानस्थल गएका थिए ।
नायिका उपासना सेप्टेम्बर १३ तारिख शनिबार सांझ लन्डन ग्रीनफोर्ड हलमा हुन लागेको दोश्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा) मा समेत सहभागी हुनेछिन् । निर्देशक चाम्सले सुम्निमा छायांकन र नेपाली फिल्म अवार्डका लागि आफ्नो टिम सहभागी हुने जनाए ।
नायिका उपासनाले आफू पहिलो यूके भ्रमणबाट निकै उत्साहित भएको बताउंदै अवार्ड समारोहमा आउन बेलायतवासी सबै नेपालीलाई निमन्त्रणा दिएकी छन् ।
उनले अहिले अरु योजना केही नबनाएको पनि बताइन् ।
प्रमुख संयोजक मोक्तानले अवार्ड कार्यक्रमको तयारी तीव्र भइरहेको जनाउंदै अन्य दर्जनौं कलाकारहरुसमेत नेपालबाट आउने बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५