लन्डनका साहित्यकार बासु शर्माको निधन



लन्डन । लन्डन निवासी चिरपरिचित साहित्यकार बासु शर्माको निधन भएको छ ।
ब्रेन ट्युमरबाट पीडित ६६ वर्षीय शर्माको आइतबार बिहान ६.१५ बजे स्थानीय कम्युनिटी हस्पिसमा निधन भएको उनका सहोदर भाई विनोद न्यौपानेले नेपालीलिंकलाई जानकारी दिए ।
उनलाई गत वर्ष अप्रिलमा ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । केमोथेरापी, रेडियसन थेरापी आदि उपचार गराइरहेका शर्मा करिब ४ महिनादेखि घरमै थिए । गत सोमबार स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई कम्युनिटी हस्पिसमा लगिएको थियो ।
भाई न्यौपानेका अनुसार, संखुवासभा चयनपुरका स्थायी बासिन्दा शर्मा सन् २००६ मा बेलायत आएका थिए । उनी छोरा बुहारी र श्रीमतिका साथ लन्डन वेलिङ बस्थे । उनकी छोरी भने क्यानडामा छिन् । स्वर्गीय शर्माको अन्त्येष्टी बेलायतमै गरिने पारिवारिक श्रोतले जनाएको छ ।
शर्माको निधनमा नेपाली साहित्य विकास परिषद यूकेसहित विभिन्न संघसंस्था तथा व्यक्तिहरुले श्रद्धान्जली अर्पण गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५