वुल्भरह्याम्पटन वारियर्सले जित्यो मिडल्यान्ड नेपाली क्रिकेट लिग उपाधि



लन्डन- बेलायतको मिडल्यान्डमा आयोजित ‘मिडल्यान्ड नेपाली क्रिकेट लिग २०२५’ को उपाधि वुल्भरह्याम्पटन वारियर्सले जितेको छ।
लेष्टरशायरस्थित मेल्टनको ‘थोर्प आर्नोल्ड क्रिकेट क्लब’ ग्राउन्डमा आइतबार सम्पन्न फाइनल खेलमा लेस्टर टाइगर्स क्रिकेट क्लबलाई हराउँदै वुल्भरह्याम्पटन लिग विजेता बन्न सफल भएको हो।
टस जितेर पहिले बलिङ रोजेको वुल्भरह्याम्पटनले निर्धारित २० ओभरमा १ सय ४९ रनको लक्ष्य पाएको थियो। वुल्भरह्याम्पटनले उक्त लक्ष्य १८ ओभरमै पूरा गर्दै खेल आफ्नो पक्षमा पारेको हो।
खेल समाप्तिपछि विजेता र उपविजेता टोलीलाई मेडल, ट्रफी र नगद पुरस्कार प्रदान गरियो।
विजेता टिमलाई १ हजार २ सय पाउण्ड, उपविजेता टिमलाई ५ सय पाउण्ड तथा उत्कृष्ट बलर, ब्याटर र अलराउन्डरलाई नगद १ सय पाउण्डसहित मेडलबाट पुरस्कृत गरिएको थियो।
पुरस्कार वितरण कार्यक्रममा आयोजक साझा नेपाली समाजका अध्यक्ष दीपक सापकोटा र संस्थापक अध्यक्ष शंकर भण्डारी, ट्रष्टी रणबहादुर क्षेत्री, हाम्रो नेपाली समाजका अध्यक्ष भीम शर्मा लगायत मिडल्यान्डमा रहेका विभिन्न नेपाली संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
आयोजक साझा नेपाली समाजका अध्यक्ष एवं क्रिकेट लिगका संयोजक दीपक सापकोटाले बेलायतमा रहेका नेपाली युवाहरूको खेलमा रुचि बढाउन र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले लिग आयोजना गरिंदै आएको बताए ।
उनले लिगमा सहभागी सबै खेलाडी तथा विभिन्न रुपमा सहयोग पुर्याउने सहयोगी, प्रायोजक, स्थानीय संघसंस्थासहित सबैलाई धन्यवाद ज्ञापन गरे ।
सन् २०१८ बाट शुरु लिगको यो वर्ष सातौँ संस्करण थियो। लिगमा मिडल्यान्डभरबाट विभिन्न ६ टीमको सहभागिता थियो।
लिगको प्रमुख प्रायोजक साझा नेपाली समाजले २ हजार ५ सय पाउण्ड प्रदान गरेको समाजका महासचिव शशांक शर्माले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५