सम्पन्न भयो ब्रिगेड अफ गोर्खाजको वार्षिक भेला, क्यूजीएसले जित्यो नेपालकप



लन्डन- बेलायतमा वर्षेनी हुंदै आएको ब्रिगेड अफ गोर्खाजको वार्षिक भेला शनिबार सम्पन्न भएको छ । सोही अवसरमा आयोजित नेपालकप २०२५ को उपाधि क्वीन्स गोर्खा सिग्नल्स (क्यूजीएस) ले जितेको छ ।
अल्डरसटको क्वीन्स् एभिन्यू मैदानमा सम्पन्न फाइनल खेलमा क्वीन्स् अउन गोर्खा लजिष्टिक रेजिमेन्ट (क्यूओजीएलआर) लाई २–० गोलले पराजित गर्दै क्यूजीएसले उपाधि जितेको हो।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार धिरज राईले पाए भने सर्वाधिक ६-६ गोल गर्ने राहुल लिम्बू र सञ्जीव थापा मगर बने ।
यसबैबीच, भेटेरान विधाको काठमाडौँ कप क्यूजिइले जितेको छ । उसले आरजीआरलाई पेनाल्टी सुटआउटमार्फत् ३–१ गोलले पराजित गरेको हो ।
त्यस्तै महिला भलिबलमा गोर्खा आर्क सपोर्ट बटालियन लेडिजले गोर्खा कम्पनी सिटाङलाई हराउँदै प्रथम बनेको छ ।
भेलामा बेलायतस्थित गोर्खा समुदायका साथै सिंगो नेपाली समुदायबाट समेत विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् खेलप्रेमीहरुको उल्लेख्य सहभागिता थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५