शनिबार, मंसिर २९, २०८१
15:44 | २१:२९

राष्ट्रपति अजरबैजान लागेपछि उनको जिम्मेवारी उपराष्ट्रपतिलाई

नेपाली लिङ्क नोभेम्बर १०, २०२४

काठमाडौँ, कात्तिक २५ गते– राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन आइतबारसाँझ त्यसतर्फ प्रस्थान गरेका छन् ।

अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु गएका हुन् ।

राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

यसैबीच, राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिले गर्ने कार्यसम्पादनको जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई दिइएको छ ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान गरेपछि उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गर्नेगरी तोकेका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू