मंगलबार, १९ मे, २०२६
07:58 | १२:४३

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२४

काठमाडौँ, भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

राष्ट्रपतिले सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच सिग्देललाई सो दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराए । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् ।

सिग्देललाई राष्ट्रपति पौडेलले यही भदौ १२ गतेबाट लागू हुने गरी प्रधानसेनापति पदमा नियुक्त गरेका थिए । 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, सुरक्षा अङ्गका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू