शनिबार, साउन १२, २०८१
06:02 | १०:४७

दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा टी १० लिग खेल्ने

नेपाली लिङ्क जुन ६, २०२४

काठमाडौं- नेपाली क्रिकेट टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले स्कटल्याण्डमा क्रिकेट खेल्ने अवसर प्राप्त गर्ने भएका छन् ।

उनले स्कटल्यान्डमा हुने टी–१० लिग खेल्ने भएका छन् ।

स्कटल्यान्डमा आगामी अगस्टमा आयोजना हुने स्कटिस सुपर टी–१० लिग दीपेन्द्रले खेल्ने भएका हुन् ।

उनी सुपर टी–१० का लागि पर्थ रोयल्समा अनुबन्ध भएका छन् ।

दीपेन्द्रले यसअघि क्यानडाको ग्लोबल टी–२० र यूएईको आईएल टी–२० खेलिसकेका छन् ।

दीपेन्द्र नेपाली टीमका सदाबहार अलराउन्डर हुन् ।

उनले टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो हाफ सेन्चुरीको किर्तिमान बनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू