शनिबार, साउन १२, २०८१
02:54 | ०७:३९

काठमाडौं महानगरपालिकाकी उपमेयर डंगोल बेलायत प्रस्थान

नेपाली लिङ्क मे २२, २०२४


काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बेलायत प्रस्थान गरेकी छन् । ब्रिटिस काउन्सिलको निम्तोमा ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ मा सहभागी हुन उनी आज बेलायत लागेकी हुन् । 

भ्रमण टोलीमा वडा नम्बर २७ की सदस्य श्रृष्टि कंसाकार, सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राई र महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान पनि रहेको महानगरले जनाएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, प्रशासन विभाग प्रमुख दीपक अधिकारी, सचिवालय प्रमुख सौरभ गौतमले टोलीको बिदाइ गरेको छ ।

वुमन अफ द वर्ल्ड फेस्टिभल फेस्टिभल बेलायतको मेनचेष्टर सहरको अभोभा स्टुडियोमा यही जेठ ११ देखि १३ गतेसम्म हुँदैछ । फेस्टिभलमा उपप्रमुख डंगोलले अभियानका संस्थापक जुड केली सीबीईसँग छलफल गर्ने र उनीहरुबीच एउटै मञ्चबाट सम्बोधन गर्ने कायक्रम रहेको महानगरले जनाएको छ । 

डंगोलको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले २८ मे मंगलबार एक रिसेप्सन र अन्तरक्रिया गर्दैछ ।

टोली आगामी आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू