शनिबार, साउन १२, २०८१
07:02 | ११:४७

प्रधानमन्त्री प्रचण्डलाई चौथो पटक विश्वासको मत

नेपाली लिङ्क मे २०, २०२४

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध वावजुद प्रचण्डले चौथो पटक विश्वासको मत पाएका हुन् ।

सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली  २०७९ नियम १५५ को उपनियम ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

विश्वासको मतको पक्षमा १५८ मत परेको छ भने विपक्षमा ११३ मत परेको छ । सरकारमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा)  नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु परेको हो ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा १५८ जना सहभागी थिए ।
प्रधानमन्त्री दाहालले आफ्नो पक्षमा १५७ मत पाए ।

त्यस्तै प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरले सदनलाई जानकारी दिएका थिए ।

सोमबारको बैठकमा १५८ सांसद उपस्थित रहेको सभामुख घिमिरेले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू