शनिबार, साउन १२, २०८१
06:30 | ११:१५

बेलायती राजा चार्ल्सले विलियमलाई सुम्पिए सैन्य भूमिका

नेपाली लिङ्क मे १३, २०२४

तस्बिर- पिए मिडिया

लन्डन । बेलायतका राजा चार्ल्सले आफ्ना छोरा प्रिन्स विलियमलाई आर्मी एयर कोर्प्सको प्रतिष्ठित भूमिका सुम्पेका छन्।

‘ठूलो कुरा यो हो कि उनी साँच्चै राम्रो पाइलट हुन्’, राजाले भनेका छन् ।

राजा ३२ वर्षअघि आर्मी एयर कोर्प्सको कर्नेल–इन–चीफ बनेका थिए । अब उनको जेठो छोरा प्रिन्स विलियम उत्तराधिकारी बनेको बीबीसीले उल्लेख गरेको छ ।

सोमबार राजा हेलिकप्टरबाट आर्मी एभिएसन सेन्टर पुगेका थिए, जहाँ उनले यो सैन्य उपाधि औपचारिक हस्तान्तरणका लागि राजकुमार विलियमलाई भेटेका थिए।

प्रिन्स विलियम पहिले एक आरएएफ खोज एवं उद्धार पाइलट थिए र उनले एङ्गल्सीको आरएएफ भ्यालीमा तीन वर्ष बिताएका थिए ।

उता, आफ्नै क्यान्सरको उपचार गराइरहेका राजाले ह्याम्पसायरमा आयोजित कार्यक्रममा टेस्टिकुलर क्यान्सरका लागि केमोथेरापी गराएका एक अनुभवी व्यक्तिसँग कुरा गरेका थिए ।

उनीहरूले स्वाद गुमाएकोबारे छलफल गरेको जनाइएको छ ।

केन्सिङ्टन प्यालेसले प्रिन्स विलियमले सन् २००८ मा आर्मी एयर कोर्प्स भ्रमण गरेको फोटो सार्वजनिक गरेको छ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू