शनिबार, साउन १२, २०८१
06:29 | ११:१४

भने मलाई किन स्वर्ग चाहियो

नेपाली लिङ्क मे १०, २०२४

-दुर्गाप्रसाद पोख्रेल

म पूर्व मेची दगुरेर धाउँदा
फर्केर कालीसँग गीत गाउँदा
स्वदेश रम्ने मुटु देख्न पाइयो
भने मलाई किन स्वर्ग चाहियो ? ।१।

हिमाल बोकी सुर-गीत गाइयो
पहाडका सन्मुख प्रीत लाइयो
मधेशमा भोज भतेर खाइयो
भने मलाई किन स्वर्ग चाहियो ? ।२।

थुपुक्क आइन् जब हात फैलिए
मुसुक्क हाँसिन् र गुलाब फक्रिए
अगाध माया मुटु भित्र पाइयो
भने मलाई किन स्वर्ग चाहियो ? ।३।

कि कल्पनाको घरमा रमाइयो
कि सिर्जनाको करमा समाइयो
कि भावनाको मुख चुम्न पाइयो
भने मलाई किन स्वर्ग चाहियो ? ।४।

काठमाण्डौं, २०५३

(कवि पोखरेल हाल लन्डनमा बसोबास गर्छन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू