आइतबार, जेठ ६, २०८१
13:55 | १८:४०

सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

रासस मे ७, २०२४

काठमाडौँ, वैशाख २५ – सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् ।

अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि एक सय १२ आरोही समूहका नौ सय ७१ आरोहीले अनुमति लिएका छन् । हिमाल आरोहणको अनुमतिबापत हालसम्म ६७ करोड ४७ लाख १४ हजार ६१ रोयल्टी जम्मा भएको छ ।

सगरमाथाबाट मात्रै ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ रकम उठेको छ । वसन्त यामको सगरमाथा आरोहणका लागि चौथो शिविर (साउथ कोल, ७९५० मि )सम्म बाटो खुलिसकेको छ । आरोहणका लागि डोरी टाँग्ने (रोपफिक्सिङ) काम चौथो शिविरसम्म सम्पन्न भएको हो ।

यसअघि सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू