शुक्रबार, जेठ ४, २०८१
13:05 | १७:५०

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

नेपाली लिङ्क मे २, २०२४

काठमाडौँ, वैशाख २० – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २० गते (आज) को सिफारिसमा वैशाख २८ गते शुक्रबारका दिन २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू