शुक्रबार, जेठ ४, २०८१
12:28 | १७:१३

इलाममा नेकपा एमालेका सुहाङ निर्वाचित

नेकपा एमालेले क्लिन स्विप गरेको छ

नेपाली लिङ्क अप्रिल ३०, २०२४

इलाम । इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् ।  नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ  प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे भने दोस्रो स्थानमा रहेका उनका निकटम प्रतिस्पर्धी खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ११ हजार ४५७ मत पाउँदा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरे । लिम्बुसहित अन्य १६ उम्मेदवारको भने जमानत नै जफत भएको छ ।

यसपटकको उपनिर्वाचनमा नेकपा एमालेले क्लिन स्विप गरेको छ । इलाम–२ र बझाङ प्रदेशसभा १ दुवै स्थानमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू