बिहीबार, जेठ ३, २०८१
07:34 | १२:१९

इलाममा सुहाङ झन्डै ६ हजार ६ सय मतले अगाडि

नेपाली लिङ्क अप्रिल २९, २०२४

इलाम- प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ उपनिर्वाचनको मतगणना जारी रहंदा अहिलेसम्म एमालेका सुहाङ नेम्वाङले २० हजार ५ सय ९६ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्वरबहादुर खड्काले १३ हजार ९९० पाएका छन् ।

पहिचानवादी उम्मेदवार डकेन्द्र सिंह थेगिम ९ हजार ६ सय ५९ मत ल्याएर तेश्रो स्थानमा छन् । रास्वपाका मिलन लिम्वुले ३ हजार ४ सय ५० मत पाएका छन् ।

इलाम नगरमा ११ वटा वडा छन् । आज रातभर गणना सकेर मंगलबार चाँडै अन्तिम मत परिणाम सार्वजनिक गर्ने तयारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू