बुधबार, जेठ २, २०८१
11:25 | १६:१०

बझाङ प्रदेशसभा निर्वाचनमा एमालेका भण्डारी विजयी

नेपाली लिङ्क अप्रिल २९, २०२४

काठमाडौँ-बझाङमा भएको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन्।

निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै उनी सुदूरपश्चिम प्रदेशसभा सांसद निर्वाचित भएका हुन्।

एमालेका भण्डारीले ११६१३ मत ल्याएर विजयी हुँदा कांग्रेसका सिंह ११३४६ मतसहित उपविजेता बने।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याए भने नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू