मंगलबार, जेठ १, २०८१
04:26 | ०९:११

इलाम र बझाङ दुवैमा एमालेको अग्रता

नेपाली लिङ्क अप्रिल २८, २०२४

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको जारी मतगणनामा आइतबार राति ११ बजेसम्म एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन् ।

राति ११ बजेसम्म फाकफोकथुकको ७ वटै वडाको गणना हुँदा नेम्वाङले ४ हजार ४ सय १३ र खड्काले ३ हजार २ सय ५८ मत पाएका छन् । विगतमा यो क्षेत्र कांग्रेसको पकड थियो ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ सय ६३ मतका साथ तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ६ सय ४५ मत पाएका छन् ।

उता, बझाङमा एमाले–कांग्रेस बीच कडा प्रतिस्पर्धा देखिएको छ । ६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचन मतगणनामा आइतबार राति ११ बजेसम्म छबिस पाथीभेरा, खप्तड छान्ना पूरै र थलारा गाउँपालिका–९ को मतगणना हुँदा कांग्रेसले एमालेलाई ५६८ मतान्तरले पछ्याइरहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका दमन भण्डारीले ४ हजार १ सय ५८ र कांग्रेसका अभिषेकबहादुर सिंहले ३ हजार ५ सय ९० मत पाएका छन् ।

छबिस पाथीभेरा गाउँपालिका र थलारा–९ को मतगणनामा एमालेका भण्डारीले कांग्रेसका सिंहलाई ७७७ मतले पछि पारेका थिए । खप्तड छान्नाको गणनापछि कांग्रेसले मतान्तर घटाएको हो । माओवादीका जनक बुढाले २ हजार ९६ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार २ सय २५ मत ल्याएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू