आइतबार, वैशाख २३, २०८१
03:27 | ०८:१२

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

नेपाली लिङ्क अप्रिल २५, २०२४

काठमाडौँ । १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गरिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका हुन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकको वैशाख १० गतेको निर्णय र प्रधानमन्त्रीको सोही निर्णयको पत्रका आधारमा सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृत गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

वैशाख १५ मा इलामा २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू