शनिबार, वैशाख २२, २०८१
23:44 | ०४:२९

विपिन जोशीको रिहाइ पहल गरिदिन कतारी राजालाई राष्ट्रपतिको आग्रह

नेपाली लिङ्क अप्रिल २३, २०२४

काठमाडौँ- इजरायलमा हमासको आक्रमणपश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिरसँग आग्रह गरेका छन् ।

दुई दिने राजकीय भ्रमणमा मंगलबार नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले जोशी रिहाइको विषय उठाएका उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताउँदै रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

गत ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका जोशीको अवस्था अझै अज्ञात छ।

कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने जवाफ दिएका राष्ट्रपति सचिवालयले जनाएको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू