मंगलबार, वैशाख १८, २०८१
21:43 | ०२:२८

पोखरा अन्तरराष्ट्रिय म्याराथन सफल पार्न यूकेबाट २० लाख योगदान

नेपाली लिङ्क अप्रिल १५, २०२४


लन्डन– पोखरामा दुई महिनाअघि सम्पन्न १८ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन सफल बनाउन बेलायतबाट उल्लेख्य आर्थिक सहयोग गरिएको छ।

बेलायतबाट म्याराथन आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चलाई २० लाख रुपैयाँ बढीको सहयोग पठाइएको हो। बेलायतमा संकलन गरिएको जम्मा २० लाख १६ हजार ६ सय ४७ रुपैयाँ मञ्चलाई प्रदान गरिएको थियो।

पोखरा म्याराथन सहयोगार्थ पोखरेली मञ्च यूकेको अगुवाइमा सहारा यूके, तमुधिं यूके, तमु समाज यूके, बगर भाइखलकलगायतका संस्थासमेतको सहभागितामा बेलायतमा सहयोग जुटाइएको थियो।

कोष संकलन अभियानको संयोजन मञ्जु गुरुङले गरेकी थिइन्। त्यस्तै, सल्लाहकारका रुपमा एनआरएनए यूके पूर्व अध्यक्ष समाजसेवी सूर्य गुरुङ र तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले पनि अभियान सफल बनाउन भूमिका निर्वाह गरेका थिए ।

पोखरा म्याराथनका लागि बेलायतबाट जम्मा १ सय ५५ दाताबाट सहयोग संकलन भएको थियो ।

यसपटक पोखरा म्याराथनमा भाग लिन बेलायतबाट पोखरेली मञ्च यूके अध्यक्ष करम गुरुङ, सहयोग अभियान संयोजक संयोजन मञ्जु गुरुङ, तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङहित दुई दर्जन बढी अभियन्ताहरु पोखरा पुगेका थिए। उनीहरुमध्ये करिब २० जना म्याराथन समेत दौडिएका थिए ।

सन् २००१ बाट शुरु भएको सफल पोखरा अन्तरराष्ट्रिय म्याराथन सम्भवतः नेपालमा नियमित सञ्चालन हुंदै आएको सबैभन्दा पुरानो म्याराथन हो । जसमा विदेशी मुलुकबाट आउने धावकहको समेत सहभागिता रहंदै आएको छ ।

पोखरेली मञ्च यूकेले म्याराथनको अन्तरराष्ट्रिय साझेदारका रुपमा निरन्तर सहयोग र सहभागिता गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू