बुधबार, वैशाख १९, २०८१
11:07 | १५:५२

इलाम २ उपनिर्वाचनमा २० उम्मेद्वार

नेपाली लिङ्क अप्रिल ६, २०२४

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेश सभा उपनिर्वाचनमा मनोनयन दर्ता गर्ने समय सकिएको छ ।

आगामी बैशाख १५ मा हुन गइरहेको इलाम २ को प्रतिनिधिसभा र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा शनिबार मनोनयन दर्ता भएको हो । 

निर्वाचन आयोगका सहायक प्रवक्ता उपसचिव रामदत्त पाण्डेयले दिएको जानकारी अनुसार प्रतिनिधिसभा इलाम २ को उपनिर्वाचनका लागि २० जनाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै, बझाङ प्रदेश सभा १ को उपनिर्वाचनका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

आयोगले शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको जनाएको छ।

‘प्राप्त विवरण अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहनु भएको छ,’ आयोगले भनेको छ, ‘बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ । जसमध्ये १ जना महिला र ११ जना पुरूष रहनु भएको छ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू