सोमबार, वैशाख १७, २०८१
12:44 | १७:२९

प्रधानमन्त्री प्रचन्डले पाए विश्वासको मत

नेपाली लिङ्क मार्च १३, २०२४

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा दाहाललाई १५७ जना सांसदले विश्वासको मत दिए।

जम्मा २६८ सांसदले मतदान गर्दा दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ । एकजना तटस्थ बसे । 

विश्वासको मतका लागि प्रधामन्त्री प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो । उनलाई एमाले, रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् ।

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत लिएका हुन्। योसहित प्रधानमन्त्री दाहालले तेस्रो पटक विश्वासको मत लिएका हुन् ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू