शनिबार, वैशाख १५, २०८१
12:05 | १६:५०

बेलायतको रसमोर काउन्सिलमा भरतपुर मेयरले पाइन् सम्मान

नेपाली लिङ्क मार्च १२, २०२४

लन्डन । नेपालीको उल्लेख्य बसोवास रहेको बेलायतस्थित रसमोर बरो काउन्सिलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई स्वागत एवं सम्मान गरिएको छ ।

अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न लन्डन आएका बेला गत ८ मार्चमा मेयर दाहाललाई रसमोर काउन्सिल भवनमा एक कार्यक्रमबीच स्वागत सम्मान गरिएको हो ।

कार्यक्रममा रसमोर बरो काउन्सिलका मेयर क्लाइभ ग्रेटनले मेयर दाहाललाई पुष्पगुच्छा र खादाले स्वागत गरेका थिए ।

त्यसैगरि, मेयर दाहाललाई काउन्सिल लिडर काउन्सिलर ग्यारेथ लियोन, एक्जुकेटिभ डिरेक्टर एण्ड डेपुटी चिफ एक्जुकेटिभ इयान हयारिसन, काउन्टी काउन्सिलर एलेक्स क्रफोर्ड, लेबर लिडर काउन्सिलर ग्यारेथ विलियम्स, काउन्सिलर धनबहादुर सार्की, काउन्सिलरहरु सोफी पोर्टर, गेनर अस्टिन, जीव बेल्वासे, नेम थापा, जोनाथन क्यान्टी तथा रसमोर इन्टरनेशलका एन्ड्रयू कोल्भर, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष मान गुरुङसहित अन्य काउन्सिल पदाधिकारीले खादा र फूलले स्वागत गरे ।

मेयर दाहाललाई स्वागत गर्दै रसमोर मेयर क्लाइभ ग्रेटनले भरतपुर र रसमोरबीच सहकार्य र सहयोगको प्रतिवद्धता व्यक्त गरे भने दाहालले आफूलाई रसमोर काउन्सिलमा न्यानो स्वागत गरेकामा सबैप्रति आभार व्यक्त गरिन् ।

काउन्सिलर धन बहादुर सार्कीले मेयर दाहालले अन्तर्राष्ट्रिय मेयर अवार्ड पाएकामा बधाइ दिंदै आफ्नो काउन्सिलबाट भरतपुर महानगरलाई हुन सक्ने सहयोगबारे औंल्याए ।

सो अवसरमा मेयर ग्रेटन र दाहालबीच मायाको चिनो आदानप्रदान भएको थियो । दाहालले ‘भरतपुर भ्रमण वर्ष २०२४’ बारे अवगत गराउंदै भ्रमणका लागि पनि सबैमा अनुरोध गरिन् ।

सो अवसरमा मेयर दाहालले काउन्सिल सञ्चालनका विविध प्रक्रियाबारे जानकारी लिंदै काउन्सिल भलन अवलोकन गरेकी थिइन् ।

मेयर दाहाल बेलायत भ्रमण सकेर युरोप पुगिसकेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू