बिहीबार, वैशाख २०, २०८१
11:05 | १५:५०

प्रचन्डका भाइ राष्ट्रियसभा अध्यक्ष निर्वाचित

नेपाली लिङ्क मार्च १२, २०२४

काठमाडौं- राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन्।

दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ र विपक्षमा १७ मत आएको हो। दाहाललाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन छ ।

दाहालको पक्षमा बहुमत आएपछि उपाध्यक्ष उर्मिला अर्यालले उनलाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेकी हुन्।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहेका थिए।

दाहाल माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ हुन्। उनी २०७८ सालमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू