बिहीबार, वैशाख २०, २०८१
00:50 | ०५:३५

घरेलु मैदानमा नेपाली क्रिकेटमा लगातार निराशाजनक नतिजा

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२४

फाइल तस्विर

लन्डन- केही महिनाअघि घरेलु मैदानमा दर्जन बढी खेलसम्म लगातार विजयी बन्न सफल नेपालले पछिल्लो समय भने लगातार पराजय व्यहोर्न थालेको छ।

यो साता काठमाडौँमा नामिबिया र नेदरल्यान्डसँगको त्रिकोणात्मक टी- ट्वान्टी सिरिजका दुई सुरुवाती खेलमा नेपाल पराजित भएको छ। 

यससंगै नेपाल घरेलु मैदानमा खेलेका पछिल्ला ६ खेलमध्ये ५ मा पराजित बनेको छ। यसअघि डिभिजन २ लिगअन्तर्गत नामिबियासँग खेलेका दुवै  र नेदरल्यान्डसँग खेलेका दुईमध्ये एक खेल नेपालले गुमाएको थियो।

बुधबार त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भयो।

जीतको नजिक पुगेको टोलीलाई अन्तिम ४ बलमा मात्र ५ रन आवश्यक थियो। ६ विकेट मात्रै गुमाएको अवस्थामा पनि नेपालले सहज बनेको जीत गुमाउन पुग्यो।

नेदरल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन मात्र बनाउन सक्यो।

लगातार निराशाजनक नतिजा आउन थालेपछि नेपाली क्रिकेट समर्थकहरुको उत्साह पनि निराशामा बदलिन थालेको छ। 

सामाजिक सञ्जालहरुमा खेलाडीको प्रस्तुतिसंगै प्रशिक्षकको रणनीति पनि फेल खाएको हो कि भन्ने आशंकाहरु व्यक्त गरिएको छ। कतिपयले सन्दीप लामिछानेको अभाव खड्किएको दावी समेत गर्न थालेका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू