सोमबार, वैशाख १७, २०८१
15:14 | १९:५९

बालेनले मानसिक ‘टर्चर’ दिएको महानगर कर्मचारीको आरोप

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२४

काठमाडौं-काठमाडौं महानगरपालिकाकी एक महिला कर्मचारीले मेयर बालेन साहमाथि मानसिक याताना दिएको आरोप लगाएकी छिन्।

महानगरकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले मेयर साहले आफूलाई लामो समयदेखि जिम्मेवारविहीन बनाएर ‘टर्चर’ दिएको आरोप लगाएकी हुन्।

महानगरको कानुन विभागमा दरबन्दी आवश्यक हुँदा समेत आफूलाई नराखेर बालेनले आफ्ना नजिकका मान्छेलाई राखेको उनको आरोप छ।

घरमा बस्दा जागिर जाने डरले कार्यालयमा हाजिर गरेर फर्किनुपर्ने वाध्यता रहेको उनको गुनसो छ ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर बालेनलाई आरोपित् गरेकी हुन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू