बिहीबार, वैशाख २०, २०८१
01:52 | ०६:३७

क्रिकेट खेलाडीको तलब मासिक एक लाखसम्म, कसको कति ?

नेपाली लिङ्क फ्रेब्रवरी २६, २०२४

काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरुको वर्गीकरण हेरफेरसहित सम्झौता थप गरेको छ।

क्यानले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीको ग्रेड छुट्याएको हो। ए, बी, सी, डी र इमर्जिङ गरी पाँच वर्गमा छुट्याइएको पुरुषतर्फका खेलाडीहरूको तलब एक लाखसम्म पुर्‍याइएको छ। 

ग्रेड एमा पर्ने पुरुष खेलाडीको मासिक तलब एक लाख हुने भएको छ। त्यस्तै, बीका खेलाडीलाई ७० हजार, सीका खेलाडीलाई ५५ हजार, डीका खेलाडीलाई ३५ हजार र इमर्जिङ क्याटेगोरीलाई २५ हजार मासिक तलब तोकिएको हो। 

पुरुषतर्फ एमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल छन् भने बीमा कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा छन्।

त्यस्तै सीमा विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जीसी छन् भने डीमा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन्।

त्यस्तै इमर्जिङ क्याटेगरीमा दिपेश कंडेल (कोशी), रुपेस सिंह (मधेस), रिजन ढकाल (बाग्मती), विपिन खत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदुर पश्चिम) छन्।

महिलातर्फ पनि जम्मा  १९ खेलाडीलाई पाँच वर्गमा वर्गीकरण गरिएको छ।  

ग्रेड एमा पर्ने महिला खेलाडीको मासिक तलब मूल्य ५० हजार हुनेछ भने बीका खेलाडीलाई ३५ हजार, सीका खेलाडीलाई ३० हजार, डीका खेलाडीलाई २५ हजार र इमर्जिङ क्याटेगोरीलाई २० हजार मासिक तलब तोकिएको छ। 

ग्रेड एमा महिला टोलीका कप्तान इन्दु बर्मा, रुवीना क्षेत्री र सीता राना मगर छन् भने बीमा कविता कुँवर छिन्।

त्यस्तै सीमा पुजा महतो र अश्मिना कर्माचार्य छन् भने डीमा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र विन्दू रावल छन्।

इमर्जिङ क्याटेगरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविन परेका छन्। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू