बिहीबार, वैशाख २०, २०८१
01:39 | ०६:२४

सन्दीपलाई जेलबाहिर बसेर मुद्दा लड्न उच्च अदालतले दियो अनुमति

नेपाली लिङ्क फ्रेब्रवरी २२, २०२४

फाइल तस्विर

काठमाडौं-बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न सक्ने भएका छन्।

बिहीबार उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएका हुन्।

बिहिबार नै सन्दीपले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन र जेलबाहिरै बसेर मुद्दा पुनरावेदन गर्न पाउँ भनी निवेदन दिएका थिए 

त्यसअघि बलात्कार मुद्धामा दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

उच्च अदालतको आदेश: 

यो पनि पढौं: बलात्कार मुद्धामा दोषी ठहर गर्ने फैसलाविरुद्ध सन्दीप गए पुनरावेदन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू