बिहीबार, वैशाख २०, २०८१
00:15 | ०५:००

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजंग बराल नियुक्त

नेपाली लिङ्क फ्रेब्रवरी २२, २०२४

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजंग बराल नियुक्त भएका छन्।

विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले विहीबार बराललाई त्रिविको उपकुलपति पदमा नियुक्त गरेको उनको सचिवालयले जनाएको छ। 

यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीनजनाको नाम सिफारिस गरिएको थियो । 

शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ।

तर, प्रधानमन्त्रीले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति नियुक्त गरेका हुन्। सिफारिस समिति स्रोतका अनुसार विभिन्न मापदण्डको आधारमा दिइएको अंकमा बुढाथोकी २ अंकले अगाडि थिए।

उपप्राध्यापकको रुपमा महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बराल वि.सं. २०६४ मा पोखरा विश्वविद्यालयको उपकुलपति बनेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू