बिहीबार, वैशाख २०, २०८१
03:27 | ०८:१२

नामिबियासँग नेपालको लगातार दोस्रो पराजय

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२४

काठमाडौं- विश्वकप लिग- २ क्रिकेटको काठमाडौंमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपाल नामिबियासँग दोस्रोपटक पराजित भएको छ।

त्रिवि क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा नेपालमाथि नामिबिया दुई विकेटले विजयी बन्यो। टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले दिएको मात्र १ सय ६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गर्न सफल भयो।

नामिबियाका कप्तान जेर्हार्ड इरासमसले ५२, माइकल भान लिंगेनले ३१ र जेजे स्मिथले अविजित ३४ रन बनाए। नेपालका कुशल भुर्तेलले ३ तथा ललित राजवंशी, रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए।

त्यसअघि नेपाली ब्याटसम्यानहरु आसिफ शेख ५८, कुशल मल्ल ३६, भीम सार्की २६ , कुशल भुर्तेल १८ र करण केसी १२ रन जोडेर आउट भए। दीपेन्द्रसिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए। रोहित पौडेल, देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन्।

नेपालले शृंखलाको आफ्नो अन्तिम खेलमा अब नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ। पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू