आइतबार, वैशाख २३, २०८१
23:06 | ०३:५१

श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२४

काठमाडौँ- आफ्नी श्रीमती, छोरी र नातिनीको हत्या गरी फरार भएका राजु घिमिरे भनिने काजी विक मृत फेला परेका छन्। 

काठमाडौंको सितापाइलामा श्रीमती प्रेम कुमारी, छोरी अनिसा र नातिनी सिवानाको हत्या गरी फरार रहेका विक हरिसिद्धिको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार नागार्जुन नगरपालिका-६ सितापाइलामा तीन जनाको शव फेला परेको सूचना पाएपछि प्रहरी टोली आज बिहान घटनास्थलमा पुगेको हो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनले बताए। 

प्रहरीका अनुसार धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या भएको हो। उनीहरु दुई तले घरको भुईं तलामा कोठा लिएर बसेका उनीहरुमाथि ह्यामरले हानेको अवस्थामा शव रहेको फेला परेको प्रहरीको भनाई छ। घटनाको कारण अझै खुलिसकेको छैन।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू