आइतबार, वैशाख २३, २०८१
08:02 | १२:४७

यस्तो देखियो टुँडिखेलमा प्रजातन्त्र दिवस समारोह (तस्विर)

नेपाली लिङ्क फ्रेब्रवरी १९, २०२४


काठमाडौं- ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस सोमबार विभिन्न कार्यक्रमसहित मनाइएको छ। यसै अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोह सम्पन्न भएको छ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरेसहित मन्त्रीहरु, संवैधानिक निकाय तथा कूटनीतिक नियोगका प्रमुख सहभागी भए ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० अंकित व्यानर प्रदर्शन र पुष्पवृष्टि गरियो । शान्तिका दूत परेवा र रंगीचंगी बेलुन पनि उडाइएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपास साथै राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू