बेलायती विदेश राज्यमन्त्रीको नेपाल भ्रमण स्थगित
लन्डन- बेलायत सरकारका विदेश राज्यमन्त्री एन्ड्रयू मिचेलको पूर्व निर्धारित नेपाल भ्रमण स्थगित भएको छ।
यसअघि यही साता सोमबार र मंगलबारका लागि हुने भनिएको भ्रमण स्थगित भएको लन्डनस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।
मन्त्री मिचेलको भ्रमण के कारण रोकिएको भन्ने स्पष्ट भएको छैन्। तर हाललाई ‘स्थगित’ भनिएको उनको भ्रमण निकट भविष्यमा अर्को कुनै मितिमा निर्धारण हुने दूतावास स्रोत बताउंछ।
नेपाल भ्रमणका क्रममा मन्त्री मिचेलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो।
नेपाल र बेलायतबीच सन् १९२३ मा भएको शान्ति तथा मैत्री सन्धि हस्ताक्षरको एक सय वर्ष पुगेको अवसरमा बेलायतबाट नेपालमा भ्रमणहरु भइरहेका छन्। बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्स पनि एक साताअघि मात्रै नेपालको चार दिने भ्रमण गरी फर्केका थिए।
उता, बेलायती सेनाका पूर्व गोर्खाहरुको समान पेन्सनलगायत मागका सम्बन्धमा जारी त्रिपक्षीय वार्ता निर्णायक चरणमा पुगेका बेला बेलायती पक्षबाट भएका नेपाल भ्रमणहरु थप अर्थपूर्ण मानिएका छन्।
तर, नेपाली दूतावास स्रोतले भने बेलायतका पछिल्ला भ्रमणहरु गोर्खा वार्ताकेन्द्रित नरहेको जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५